मधेश प्रदेश: मुख्यमन्त्रीद्वारा भोली पद तथा गोपनीयताको शपथ लिँदै



जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको पद तथा गोपनीयताको शपथ ग्रहण भोली हुने भएको छ ।

केही मन्त्री सहित मुख्यमन्त्रीले भोली आइतबार शपथ ग्रहण गर्न लाग्नु भएको हो । ७ दलका ७७ जना प्रदेश सभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री बन्नु भएका नेपाली काँग्रेसका संसदीय दलका नेता समेत रहनु भएका यादवले मधेश प्रदेशको छैटौँ मुख्यमन्त्रीको रुपमा शपथ लिन लाग्नु भएको हो ।

मधेश प्रदेशको प्रदेश प्रमुखको कार्यालयले सपथ ग्रहणको तयारी शुरु गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । केही गठबन्धन दलका मन्त्री सहित मुख्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिन लाग्नु भएको मुख्यमन्त्री यादवले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्