मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले मंसिर २४ गते विश्वासको मत लिने
जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २४ गते विश्वासको मत लिने तयारी गरेका छन्।
गत बुधबार विश्वासको मत लिन नसकेपछि मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएपछि कृष्णप्रसाद यादवले
६ राजनीतिक दलका ७७ सांसदको समर्थनमा यादवले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
यादवलाई नेपाली कांग्रेसका २२ जना, जसपा नेपालका १८ जना, जनमत पार्टीका १३ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना र एकीकृत समाजवादीका ७ सांसदले समर्थन गरेपछि शुक्रवार उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
तिनै सत्तापक्षीय छ दलीय गठबन्धनको आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।
साथै नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादव आज पद तथा गोपनीयताको शपथ लिर्दैछन् ।
उनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी पनि गरिरहेका छन् । विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने उनको तयारी छ ।
प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार
















