बर्दिया घटनाबारे सत्यतथ्य छानविन गर्न समिति गठन



बर्दिया । बर्दियाको बढैयाताल-४ कि एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको घटना छानबिन गर्न समिति गठन गरिएको छ।

आइतबार गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी समिति गठन गरिएको हो।

गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटनाको बारेमा सर्बत्र चासो भएपछी मन्त्रालयको पनि गम्भीर ध्यानाकर्षण भनेको जनाउँदै छानबिन गर्न निर्देशन दिएका थिए।

समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेस गर्न आदेश दिइएको छ।

यसअघि प्रधानमन्त्री सुशिला कार्कीले उक्त घटना छानबिनका लागि गृहमन्त्री अर्याललाई निर्देशन दिएकी थिइन्।

प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्