कस्तो रहला आज देशभरको मौसम ?
काठमाडौं, मंसिर २२ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका केही स्थानमा आंशिक प्रभाव हुनेछ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
यसैगरी, कोशी प्रदेश र बागमती प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा समेत हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार












