दाङको लमहीमा होटल सञ्चालक मृत फेला
दाङ, मंसिर २२ । दाङ लमहीमा एक होटल सञ्चालक मृत फेला परेका छन् ।
होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल आफू सुत्ने कोठा भित्रै मृत फेला परेका हुन् ।
वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोशनराज पाण्डेका अनुसार घटनास्थलको प्रकृति हेर्दा खनालले आत्महत्या गरेको जस्तो देखिएको छ । भित्रबाट लक लगाएको कोठा उनी मृत भेटिएका हुन् । मुचुल्का उठाएर घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार












