मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को बैठक बोलाएकी छिन् ।

बैठक आज साँझ ५ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।
बैठकमा मन्त्रालयहरूले पेस गरेका नियमित प्रस्तावसँगै केही महत्त्वपूर्ण विषयमा निर्णय हुने जनाइएको छ।

स्रोतका अनुसार आजको बैठकले न्याय सेवातर्फका केही सहसचिवको सरुवा र प्रशासनतर्फ रिक्त एक सचिव पदमा बढुवा हुने पनि बताइएको छ।

साथै, आजको बैठकमा नेपाली सेनातर्फ विशेष बढुवासम्बन्धी प्रस्ताव समेत छलफलमा आउने जनाइएको छ।

यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।

प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्