यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना



काठमाडौं, मंसिर २३ । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार मंगलबार दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेश र गण्डकी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का बर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २३ मंसिर २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्