कारागारबाट फरार रहेको कैदी पक्राउ



काठमाडौँ, मंसिर २३ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कार्यालय जगन्नाथ देवलबाट फरार भएका एक जना कैदीबन्दी पक्राउ परेका छन् ।

वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा फरार रहेका गोरखा सिरानचोक गाउँपालिका–८ घर भई हाल काठमाडौँ तारकेश्वर मनमैजु बस्ने २२ वर्षीय सुविन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदर्शनका क्रममा फरार भई लुकीछिपी अवस्थामा बसिरहेका गुरुङलाई सोमबार तारकेश्वरको मनमैजुबाट पक्राउ गरी केन्द्रीय कारागारमा पठाइको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २३ मंसिर २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्