सडकमा रोकिइराखेको इभी आफैँ गुडेर दुर्घटना
काठमाडौं, मंसिर २३ । काठमाडौँको नयाँबजारस्थित विष्णुमती करिडोरमा रोकिइराखेको टाटा इभी ट्याक्सी आफै अनियन्त्रित भएर दुर्घटनामा परेको छ ।
बागमती प्रदेश–०१००२ ज ८०८२ नम्बरको उक्त विद्युतीय ट्याक्सी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सडकमा रोकिएको अवस्थामा आफैँ चल्न थालेको र नजिकैको संरचनामा ठोकिएको हो ।
दुर्घटना हुँदा चालक गाडीभित्र नभएकाले मानवीय क्षति हुन पाएन । गाडीमा भने सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २३ मंसिर २०८२, मंगलबार












