दिवंगत पत्रकार रजक शहीद घोषणा



काठमाडौं । सरकारले गत वर्ष चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको क्रममा जलेर मृत्यु भएका पत्रकार स्व. सुरेश रजकलाई शहीद घोषणा गरेको छ ।

सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रजकलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

यस्तै, गत भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८२ स्वीकृत भएको छ ।

जेन–जी घाइतेहरुको शिक्षा, स्वास्थ्य तथा रोजगारीको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको प्रवक्ता खरेलले बताए ।

प्रकाशित मिति: २३ मंसिर २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्