भोलिदेखि ‘जेनजी महोत्सव’ आयोजना गर्दै अखिल क्रान्तिकारी



काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी) ले जेनजी महोत्सव आयोजना गर्ने भएको छ ।

भोलिदेखि पुस ८ गतेसम्म दुई हप्ता जेनजी महोत्सव आयोजना गर्न लागिएको हो ।

राष्ट्रियसभा गृह भृकुटी मण्डपमा बिहान ११ बजे सुरु हुने महोत्सवको उद्घाटन नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।

अखिल क्रान्तिकारीका फ्याक्सन इन्चार्ज हिमाल शर्माले जेनजी महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य युवाहरूको प्रतिभालाई उजागर गर्ने र उनीहरूको क्षमता तथा योग्यतालाई सम्मान गर्ने रहेको बताए।

उनले पार्टीभित्र जेनजी (नयाँ पुस्ता)लाई उचित प्रतिनिधित्व गराउने विषयमा समेत छलफल भइरहेको जानकारी दिएका छन्।

प्रकाशित मिति: २३ मंसिर २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्