अख्तियारका आयुक्त सिलवाल अनिवार्य अवकाशमा, एक पद रिक्त



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल अनिवार्य अवकाशमा गएका छन् ।

आयुक्त सिलवाल ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन् ।

उच्च अदालतको न्यायाधीश रहेका सिलवाल उच्च अदालत पोखराको कामू मुख्यन्यायाधीश पदबाट राजिनामा दिएका थिए ।

त्यसपछि संवैधानिक परिषदले उनलाई अख्तियारको आयुक्तमा सिफारिस गरेको थियो । सिलवाल २१ फागुन, २०७७ मा अख्तियारको आयुक्त भएका थिए ।

उनले अख्तियारमा ५ वर्ष काम गरे । सिलवाललाई आयोगबाट सोमबार नै बिदाइ गरिएको छ ।

सिलवाल अवकाशमा गएसँगै अख्तियारमा एक आयुक्तको पद रिक्त भएको छ ।

पाँच सदस्यीय आयोगमा प्रमुख आयुक्त प्रेमकुमार राई छन् । बाँकी आयुक्तमा अब तीन जना जय बहादुर चन्द, डा। हरि पौडेल र ‍डा। सुमित्रा श्रेष्ठ अमात्य रहेका छन् ।

प्रकाशित मिति: २३ मंसिर २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्