आजको मौसम : यी स्थानमा आंशिक बदली हुने
काठमाडौं, मंसिर २४ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।
यसैगरी आज राति पनि देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
काठमाडौँ उपत्यका आज बिहान न्यूनतम तापक्रम ६.० डिग्री सेल्सियस मापन गरिएको थियो ।
आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान छ ।
प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार












