आजदेखि नागढुङ्गा–नौबिसे–मलेखु सडक दैनिक पाँच घण्टा बन्द



काठमाडौं । सरकारले आजदेखि नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड आंशिक बन्द गरेर निर्माण प्रक्रिया अगाडि बढाउँदै छ ।

सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले आजदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा सडक बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँ र धादिङले संयुक्त रुपमा सडक बन्द हुने सूचना प्रकाशित गरिसकेका छन् ।

त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडकखण्ड कालोपत्र गरी स्तरोन्नति सम्पन्न हुने चरणमा छ । सोही क्रममा उक्त सडकको काठमाडौं जिल्लाभित्र पर्ने नागढुङ्गा पिप्लामोड खण्ड कालोपत्र उच्च प्राथमिकताका राखिएको छ ।

सूचना अनुसार नागढुङ्गा देखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा पुस १ गतेसम्म बिहान १०ः३० बजेदेखि अपराह्न ३ः३० बजेसम्म सडक आवागमन बन्द हुनेछ । रोकिएका सबै सवारीसाधनलाई अपराह्न ३ः३० बजेपछि मात्र छाडिनेछ ।

प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्