समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय दल दर्ता
काठमाडौं, मंसिर २४ । समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् ।
दलहरुले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका लागि निवेदन दिएका हुन् ।
सबै दलहरुले समयसीमा भित्र दल दर्ताका लागि निवेदन दिएका हुन् ।
प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार












