राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि बस्दै
काठमाडौँ, मंसिर २४ । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि शुरु हुदैछ ।
पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार आज र भोलि दुई दिनसम्म बस्ने बैठक आज बिहान १०ः३० बजेदेखि धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा शुरु हुने छ ।
बैठकमा विभिन्न प्रतिवेदनहरु पेश हुने प्रवक्ता श्रेष्ठले बताए । उनका अनुसार समान विचार भएका दल, अभियानसँग एकता गर्ने, पार्टीको महाधिवेशन र आगामी फागुन २१ को निर्वाचनलगायतका विषयमा छलफल हुनेछ ।
प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार












