चन्द्र भण्डारी पनि कांग्रेस सभापतिका आकांक्षी



काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको आउँदो १५ औँ महाधिवेशनमा सभापति पदका लागि औपचारिक रूपमा आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत भण्डारीले पार्टी नेतृत्वप्रति आफू तयार र प्रतिबद्ध रहेको स्पष्ट पारेका हुन् ।

‘साथीहरूको जिज्ञासा, मेरो धारणा—नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि निर्धारित छ,’ भण्डारीले लेखेका छन्।

उनी अनुसार पार्टी, देश र जनताका अपेक्षालाई पुरा गर्ने गरी अहिलेकै राजनीतिक वातावरणले नयाँ नेतृत्वको माग गरिरहेको छ। संगठनात्मक आवश्यकता र समयको मागले आफूलाई अघि बढ्न प्रेरित गरेको भण्डारीको भनाइ छ।

उनले साथीहरूको सुझाव, राजनीतिक संसारको संकेत र पार्टीभित्रको बहसलाई सम्मान गर्दै उचित कदम चाल्ने उल्लेख गर्दै आगामी महाधिवेशनमा आफू सक्रियतम रूपमा प्रस्तुत हुने संकेत गरेका छन् ।

प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्