गगन थापा काठमाडौं-४ बाट एकल सिफारिस



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं-४ बाट एकल सिफारिस गरिएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको बुधबार बसेको बैठकले महामन्त्री थापाको नाम सर्वसम्मत रूपमा एकल सिफारिस गरेको हो ।

क्षेत्रीय सभापति श्यामकृष्ण संगतले महामन्त्री थापाको नाम प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सर्वसम्मत एकल सिफारिस गरिएको जानकारी दिए ।

यसअघि महामन्त्री थापाको नाम रोल्पा, सर्लाही-४ र धनकुटाबाट पनि सिफारिस भएको थियो ।

यस्तै, समानुपातिकतर्फ राधा घले, नर्मदा पोखरेल र राजन विश्वकर्माको नाम सिफारिस भएको छ ।

प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्