डडेल्धुराबाट काठमाडौँ जाँदै गरेको बस दाङमा दुर्घटना, २२ जना घाइते



दाङ । डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस दाङको लमहीमा दुर्घटना भएको छ ।

लमही नगरपालिका- १ कौडियापुलस्थित पूर्व–पश्चिम राजमार्गमा पुलबाट खोलामा खस्दा दुर्घटना भएको हो । आज बिहान करिब ३ बजे भएको दुर्घटनामा २२ जना यात्रु घाइते भएका छन् ।

उनीहरूलाई वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी निरीक्षक रोशन राज पाण्डेयको टोलीले उद्धार गरी लमही अस्पताल पठाएको छ । बस दुर्घटनाको कारण के हो भनेर अनुसन्धान भइरहेको उनले बताए ।

उनका अनुसार बस चालकले पट्टा भाँचिएर बस दुर्घटनामा परेको प्रारम्भिक बयान दिएका छन् । बसमा ३८ जना सवार थिए ।

प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्