ओली आज सम्पादकहरुसँग भेट्दै, नयाँ विषय उद्घोष हुने अपेक्षा
काठमाडौँ, मंसिर २५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रमुख सञ्चारमाध्यमका सम्पादकसँग भेट्दैछन् ।
प्रेस चौतारी नेपालको आयोजनामा दिउँसो १ बजे ओलीले सम्पादकहरुसँग भेट्न लागेका हुन् ।
शनिबारदेखि शुरू हुने एमालेको ११ औं महाधिवेशनबाट पुनः अर्को कार्यकालका लागि अध्यक्ष हुने तयारी गरेका ओलीले सम्पादकहरुसँगको भेटमा आफ्ना आगामी योजना र रणनीति सार्वजनिक गर्ने तयारी गरेका छन् । उनले यो भेटघाटमा फरक विषय सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ ।
अध्यक्षका अर्का प्रत्यासी तथा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंगलबार सम्पादक भेटघाट गरेका थिए ।
प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार












