शिवम् सिमेन्ट्सले साढे बाह्र प्रतिशत लाभाँस वितरण गर्ने




काठमडौँ । शिवम् सिमेन्ट्स लिमिटेडको वार्षिक दशौं वार्षिक साधारण मंसिर २५ गते सञ्चालक समिति अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सम्पन्न गरेको छ ।
वार्षिक साधारण सभामा कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेका वार्षिक प्रगति प्रतिवेदन आर्थिक वर्ष २०८१–०८२ लेखापरीक्षकको प्रतिवेदन २०८२–०८३ का लागि लेखापरीक्षक नियुक्ती गर्ने र कम्पनीले आर्जन गरेको खुद मुनाफा रकमबाट चुक्ता पूँजी रु. छ अर्ब ४५ करोड ६८ लाख ८ हजार छ सय को दश प्रतिशत बराबर हुने ५४ करोड ५६ लाख ८० हजार ८ सय पचास रुपैयाँ नगद र २.५० प्रतिशतका दरले हुन आउने रु. १४ करोड ६४ लाख २० हजार बराबरका रु. १०० दरका १३ लाख ६४ हजार २०२ थान वोनस शेयर वितरण गर्ने सम्बन्धि विशेष प्रस्तावहरु समेत पारित गरेको छ ।

प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्