एमाले सचिवालय बैठक बस्दै, यी हुन् एजेण्डा
काठमाडौं, मंसिर २६ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे बस्न लागेको हो ।
महाधिवेशन प्रतिनिधि मनोनीत, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको मोडालिटीबारे छलफल गर्न बैठक बस्न लागेको सचिवालयले जनाएको छ ।
सचिवालय स्रोतका अनुसार केन्द्रीय कमिटी, स्थायी समिति र पदाधिकारीको संख्या बढाउन विधान संशोधन प्रस्ताव लगिँदैछ । तर, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधरले भने विधान महाधिवेशनको निर्णय उल्ट्याउन नहुने अडान लिँदै आएको छ ।
नयाँ नेतृत्व चयनका लागि एमाले महाधिवेशन २७ गते (भोलि) भक्तपुरको सल्लाघारीमा उद्घाटन हुँदैछ ।
प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार












