रौतहटबाट २२ जना फरार प्रतिवादी पक्राउ
रौतहट, मंसिर २६ । जिल्ला प्रहरी कार्यालय रौतहटले २२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
अदालतबाट कैद तथा जरिबाना तोकिएर लामो समयदेखि फरार रहेका विभिन्न मुद्दाका २२ जना फरार प्रतिवादीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको हो ।
पक्राउ पर्नेहरूमा शिव कुमार राई ,कल्लाम, सन्तोष साह, राजकिशोर साह, आनन्द तिवारी , सुशील यादव , सुनीता बैठा, दशरथ दास ततमा, शिव दास ततमा, सनारपतिया ततमाईन, बिचय दास ततमा, रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बिष्णुप्रदीप बस्यालले जानकारी दिए ।
त्यस्तै गंगाराम राय यादव, शिवकली देवी ,रुबी कुमारी पाल, रेवती देवी पाल, बन्हु राउत पाल, राजेश्वर महतो तुनिया, महादेव राय कुर्मी, विपती देवी, गाईत्री देवी , गंगामाया श्रेष्ठ, ओम नारायण महतो समेत पक्राउ परेका छन् ।
पक्राउ परेका प्रतिवादीहरु बाट कुल कुल २९ हजार ६०७ रुपैयाँ जरिवाना र ११ महिना २५ दिन कैद सजाय भुक्तानीको लागि बिहीवार रौतहट जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार












