एमाले महाधिवेशनको तयारी अन्तिम चरणमा



काठमाडौं, मंसिर २६ । नेकपा एमालेको भोलि (शनिबार)देखि शुरू हुने ११औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

भक्तपुरको सल्लाघारी चौरमा हुने महाधिवेशनका लागि देशभरबाट आएका प्रतिनिधिका कारण महाधिवेशनस्थलमा चहलपहल बढेको छ । उद्घाटनस्थलमा ऐतिहासिक सांस्कृतिक सम्पदाले भरिपूर्ण भक्तपुरको सम्पदाको झल्को दिनेगरी मल्लकालीन शैलीमा चाँगुनारायण मन्दिरको स्वरुपमा मञ्च निर्माण गरिएको छ ।

उद्घाटनस्थलको मञ्चमा नेवारी कला, संस्कृति झल्कने दृश्य राखिएका छन् । उद्घाटनका दिन करिब तीन लाख व्यक्ति बस्न मिल्ने व्यवस्था गर्न लागिएको एमालेले जनाएको छ ।

प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्