ईश्वर पोखरेल समूहले आज युवा भेला गर्दै
काठमाडौं, मंसिर २६ । नेकपा एमालेको ११ औं महाधिवेशनबाट अध्यक्षका लागि मैदानमा उत्रिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आज युवा भेला गर्ने भएका छन् ।
संस्थापन पक्षले बिहीबार स्वयम्सेवक भेला गरेको भोलिपल्टै पोखरेल समूहले आज भेला गर्न लागेको हो ।
महाधिवेशन स्थलमा खटिने स्वयम्सेवकहरूमा ओली पक्षले एकलौटी गरेको पोखरले पक्षको आरोप छ । त्यसलाई काउन्टर दिने तयारी पोखरेल समूहले गरेको बताइएको छ ।
युवा भेला शुक्रबार बिहान ११ः३० बजे काठमाडौं बैंक्वेटमा आयोजना गर्न लागिएको बताइएको छ । कार्यक्रममा अध्यक्षका प्रत्यासी ईश्वर पोखरेल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
महाधिवेशन भोलि (शनिबार)बाट भक्तपुरको सल्लाघारीमा उद्घाटन हुनेछ ।
प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार












