हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु



मोरङ । हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ ।

सुन्दरहरैचा नगरपालिका–१२ बिराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरिक्षक राजिव गिरीका अनुसार घिमिरे दूध बिक्रीका लागि स्थानीय डेरीमा जाने क्रममा जङ्गली हात्तीको आक्रमणमा परेका हुन् ।

आज बिहान करिव ६ः३० बजे बिराटचोकस्थित बस्तीको बिचमै घिमिरेलाई आक्रमण गरेको थियो ।

प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्