एमाले महाधिवेशन : भृकुटीमण्डपमा आज बन्दसत्र



काठमाडौँ, मंसिर २८ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ ।

नयाँ नेतृत्व चयनका लागि आज बन्दसत्रमार्फत आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ ।

देशभरबाट छनोट भएका २ हजार २ सय ६२ जना प्रतिनिधिले एक अध्यक्ष, महासचिव एक, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन् ।

पार्टीको आगामी नयाँ नेतृत्वका लागि बर्तमान अध्यक्ष केपी ओली र बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरले मैदानमा उत्रिएका छन् ।

प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्