बन्दसत्र अघि एमालेको केन्द्रीय कमिटी बैठक बस्दै



काठमाडौँ, मंसिर २८ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक भृकुटीमण्डपमा बस्दैछ ।

अध्यक्ष ओलीले बिहान ९ बजे काठमाडौँको भृकुटीमण्डपमा बस्ने गरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

पार्टी महाधिवेशन अन्तर्गत आजबाट एमालेको बन्दसत्र पनि भृकुटीमण्डपमा सुरु हुँदैछ । यसअघि ७ः३० बजेका लागि बोलाइएको बन्दसत्र भने मध्याह्न १२ बजेको लागि सारिएको छ ।

यसै क्रममा बोलाइएको केन्द्रीय कमिटी मार्फत अध्यक्ष ओलीले विभिन्न प्रस्ताव अघि सार्ने बताइएको छ ।

प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्