कांग्रेस नेता पूर्वमन्त्री उपाध्यायको निधन
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन भएको छ ।
लामो समयदेखि मुखको क्यान्सर रोगबाट पीडित उपाध्यायको शनिबार साँझ काठमाडौँको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनी २०५६ सालमा शिक्षामन्त्री भएका थिए ।
पटकपटक कांग्रेसको केन्द्रीय सदस्य भएका उपाध्याय प्रतिनिधि सभा र राष्ट्रिय सभामा मोरङबाट प्रतिनिधित्व गरेर सांसद समेत भएका थिए ।
प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार












