एमालेको बन्दसत्र फेरि सर्‍यो, ३ बजेदेखि सुरु हुने



काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज सञ्चालन हुने भनिएको बन्दसत्र फेरि सारिएको छ ।

बिहानै सुरु गर्ने तयारी गरिएको बन्दसत्रको समय सारेर दिउँसो ३ बजेका लागि तोकिएको हो ।

यसअघि बिहान ७ः३० बजेका लागि तोकिएको बन्दसत्र समय परिवर्तन गरी मध्याह्न १२ बजेका लागि र त्यसपछि १ बजेका लागि सारिएको थियो। शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ ।

बन्द सत्र सुरु हुनुअघि केन्द्रीय कमिटी बैठक बसेको थियो । कमिटी बैठकले विधान महाधिवेशनका केही निर्णय उल्ट्याएको छ ।

बैठकले केन्द्रीय सदस्यको संख्या बढाउने तथा स्थायी कमिटी रहने व्यवस्था कायम गर्ने गरी विधान संशोधन गर्ने निर्णय गरेको बताइएको छ ।

प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्