डीएसपी र असईले बहुविहाह गरेपछि पक्राउ



रुपन्देही । रूपन्देही प्रहरीले बहुविवाह गरेको आरोपमा डिएसपी र असईलाई पक्राउ गरेको छ ।

बहुविवाहको आरोपमा नवलपुर जिल्ला प्रहरी कार्यालयमा डिएसपी मधु नेपाल र बुटवल धागो कारखानास्थित प्रहरी विशेष सुरक्षा गणमा कार्यरत असई गीता पुरी पक्राउ परेका परेका हुन् ।

डीएसपी नेपालकी जेठी श्रीमती तारा नेपालले दिएको जाहेरीका आधारमा प्रहरीले दुबै जनालाई पक्राउ गरेको जनाएको छ ।

जाहेरीपछि प्रहरीले दुवै जनाको नाममा रूपन्देही जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएको सूचना पाएपछि उनीहरु आफै प्रहरी कार्यालयमा पुगेका थिए ।

दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको रूपन्देही प्रहरी प्रमुख प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्