एमाले महाधिवेशन : ओली समूहबाट पदाधिकारीको नाम टुंगियो



काठमाडौं, मंसिर २९ । नेकपा एमालेको जारी ११औं महाधिवेशनअन्तर्गत अध्यक्ष दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेल आ–आफ्नो समूहमा पदाधिकारीको नाम टुंगो लगाइरहेका छन् ।

ओली समूहबाट पाँच जना उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा ’बादल’, गुरू बराल, पृथ्वीसुब्बा गुरूङ र प्रदीप ज्ञवालीको नाम फाइनल भएको छ ।

ओलीकै रोजाइमा रहेका शंकर पोखरेलको नाम नै महासचिवमा टुंगो लागेको छ । त्यसैगरी उपमहासचिवतर्फ रघुवीर महासेठ, विष्णु रिमाल र भानुभक्त ढकालको नाम टुंगो लागेको छ ।

सचिवमा पद्मा अर्याल, छवि विश्वकर्मा, लेखराज भट्ट, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की र राजन भट्टराईको नाम फाइनल भएको छ ।

अध्यक्षका अर्का प्रत्यासी पोखरेल समूहमा नाम टुंगो लगाउने क्रम जारी छ । जसमध्ये महासचिवमा सुरेन्द्र पाण्डेको नाम पक्का भइसकेको छ भने उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई फाइनल भइसकेका छन् । अन्यको नाम टुंगो लगाउने कार्य भइरहेको छ ।

प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्