सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?
काठमाडौँ, मंसिर २९ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
सुन सोमबार तोलामा १ हजार ९०० रुपैयाँ बढ्दै प्रतितोला २ लाख ६० हजार ७०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८०० रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्यले पनि बढेको छ । आइतबार तोलामा ३ हजार ८३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ३ हजार ८७० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार
















