११ औं एमाले महाधिवेशन: ४१५ सय भन्दा बढी मत खस्यो



काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा ४१५ मत खसेको छ ।

राजधानीको भृकुटीमण्डपमा भइरहेको निर्वाचनमा ४१५ मत खसेको एमाले नेता सानुराज पोखरेलले जानकारी दिए ।

एमालेको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनमा २२६३ जना मतदाता रहेका छन् । भित्र मतदान हुँदै गर्दा बाहिर नयाँ नेतृत्वका लागि नेता कार्यकर्ताहरुले मत मागिरहेका छन् ।

अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले सँगसँगै मतदान सुरु गरेका थिए । दुवै उम्मेदवार प्यानलसहित प्रतिस्पर्धामा छन् ।

एमालेको नयाँ नेतृत्व चयनका लागि ८० वटा ई–भोटिङ मेसिन प्रयोग गरिएको छ।

प्रकाशित मिति: २ पुस २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्