एमाले मतगणना अपडेट: ओली ८४३, पोखरेल २९६ मत
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ ।
बिहीबार बिहान करिब पौने १० बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा मतगणना भइरहेको छ ।हालसम्मको गणनामा अध्यक्षमा केपी शर्मा ओलीकै अग्रता रहेको छ।
कुल दुई हजार २२७ मत खसेकामा हालसम्म एक हजार १३९ मतगणना गनेर सकिएको छ।
त्यसमध्ये अध्यक्ष पदका उमेदवार केपी शर्मा ओलीले ८४३ र ईश्वर पोखरेलले २९६ मत ल्याएका छन् ।
यस्तै महासचिवमा पनि ओली प्यानलका शंकर पोखरेलकै अग्रता छ। उनले ६१३ मत पाएका छन्। उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ५२६ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार
















