विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित



काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन्।

उपमहासचिव पदमा दोहोरिन उम्मेदवार बनेका रिमाल एघारौं महाधिवेशनबाट दुवै पदमा पराजित हुन पुगेका हुन्।

तीन उपमहासचिव निर्वाचित हुँदा १ हजार ९१ मत ल्याएर चौथो भएका रिमालले केन्द्रीय सदस्यमा पनि जित्न नसकेका हुन्। केन्द्रीय सदस्य तर्फ उनले जम्मा ६ सय ३० मत मात्र ल्याएका हुन्।

केन्द्रीय सदस्य खुलामा उम्मेदवारी दिएका उनी ७२ जना विजयी हुँदा पनि नपरेका हुन्।

रिमाल अध्यक्ष ओली प्रधानमन्त्री हुँदा प्रमुख सल्लाहकार हुने गरेका थिए।

प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्