रास्वपा सभापति रवि लामिछाने आज केन्द्रीय कार्यालय जाँदै, ३ बजे स्वागत गरिने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय जाने भएका छन् ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछानेलाई दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा स्वागत गरिने भएको छ ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशमा शुक्रबार धरौटीमा रिहा भएपछि लामिछानेले भोलिपल्ट शनिबार चितवनमा पार्टीको सभालाई सम्बोधन गरेका थिए ।

काठमाडौं फर्किएपछि उनले जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूसँग भेटघाट पनि गरेका थिए ।

प्रकाशित मिति: ६ पुस २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्