सर्वसर्वपक्षीय बैठकमा प्रधानमन्त्रीलाई का‌ग्रेसले भन्यो- निर्वाचनका लागि तत्काल शीर्ष नेतासँग छलफल गर्नुस्



काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्रीले तत्काल प्रमुख दलका शीर्ष नेताहरूसँग संवाद गर्नुपर्ने बताएका छन्।

सोमवार सिंहदरवारमा प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचनसम्बन्धी सर्वपक्षीय बैठकमा सहमहामन्त्री यादवले सो कुरा बताएका हुन्।

उनले राजनीतिक दल र त्यसका नेताहरुमाथि दुश्मनी साँधेर निर्वाचन सम्पन्न गराउन नसकिने भएकाले प्रधानमन्त्रीले त्यसका लागि आवश्यक वातावरण बनाउन राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्न ढिलाई गर्न नहुने बताए।

विगतमा नेपाली कांग्रेसको नेतृत्वमा धेरै चुनाव भएको र त्यो निष्पक्ष भएकाले दावी गर्दै वर्तमान सरकारले पनि सोहीअनुसार निर्वाचन गराउने गरी काम गर्नुपर्ने बताए।

उनले निर्वाचनको लागि आवश्यक सुरक्षाको वातावरण बनाउन पनि सरकारलाई सुझाव समेत दिए।

साथै तोकिएकै मितिमा निर्वाचन नगराए मुलुकमा सरकारको बैधतामाथि नै प्रश्न उठ्ने भएकाले त्यसतर्फ सरकार सचेत हुनुपर्ने सहमहामन्त्री यादवको भनाइ थियो।

प्रकाशित मिति: ७ पुस २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्