दुई घण्टा ढिलोगरी सुरु भयो कांग्रेस कार्यसम्पादन समिति बैठक



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ।

बुधबार दिउँसो १ बजेका लागि डाकिएको बैठक दुई घण्टा ढिलो गरी सानेपास्थित केन्द्रीय कार्यालयमा सुरु भएको हो ।

बैठक कार्वाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बसेको छ ।

बैठकमा विधान मस्यौदा समिति गठन, महाधिवेशनका लागि बाधक बन्ने विधानका दफा निलम्बन, महाधिवेशन कार्यतालिका परिमार्जनसहितका एजेन्डा रहेका छन् ।

कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने तय भएको छ। तर नयाँ क्रियाशील सदस्यता वितरणलाई लिएर ढिलाइ हुँदा महाधिवेशनको कार्यतालिका परिवर्तन गर्न खोजिएको जनाइएको छ।

प्रकाशित मिति: ९ पुस २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्