कांग्रेस उपसभापति गुरुङ भन्छन्- बालेन र रविको सहमतिलाई मैले अनौठो मानेको छैन
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) बीच भएको सहमति राजनीतिमा कुनै अनौठो विषय नभएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभापति गुरुङले रास्वपा सभापति रवि लामिछाने र बालेन साहबीचको सहमति स्वाभाविक राजनीतिक प्रक्रिया भएको बताएका हुन् ।
उपसभापति गुरुङले राजनीति सरल ढंगबाट अघि नबढ्ने स्पष्ट पार्दै यस क्षेत्रमा सधैं विभिन्न किसिमका चुनौती आउने बताए ।
उनले भने- ‘राजनीतिमा को-को मिल्छन्, को-को जुट्छन् र को-को फुट्छन् भन्ने कुरा भइरहन्छ । कांग्रेसले राणाकालीन चुनौतीदेखि पञ्चायती चुनौतीसम्म सामना गरेर आएको पार्टी हो । त्यसमा बालेन र रविको सहमतिलाई मैले अनौठो मानेको छैन ।’
राजनीतिमा जुट्ने र फुट्ने क्रम चलिरहने भएकाले यसलाई असामान्य रूपमा लिनुपर्ने आवश्यकता नरहेको उनको भनाइ थियो ।
प्रकाशित मिति: १३ पुस २०८२, आइतबार
















