विराटनगरबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ
मोरङ, पुस १४ । विराटनगर महानगरपालिका–१५ बाट प्रहरीले स्रोत नखुलेको नगद ६ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले विराटनगर–६ बस्ने ४९ वर्षीय अरबिन्द्र अग्रवाललाई आइतबार दिउँसो पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर १–०४–००१ च ०१६४ नम्बरको कारमा सवार उनलाई रकम सहित पक्राउ गरेको जनाएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १४ पुस २०८२, सोमबार












