खाल्डोमा जमेको पानीमा डुबेर तीन वर्षीय बालकको निधन



झापा, पुस १४ । झापाको झापा गाउँपालिका–२ सडकबारीमा खाल्डोमा जमेको पानीमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ ।

आइतबार आफ्नै घर अगाडि जमेको पानीमा खेल्ने क्रममा डुबेर तीन वर्षीय बालक दिवाङस कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

पानीमा डुबेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा आइतबार नै चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्