नक्कली सुन दिएर पाँच लाख रुपैयाँ ठगी



काठमाडौं, पुस १५ । नक्कली सुन दिएर ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा सुनजस्तो देखिने धातुको डल्लो दिएर पाँच लाख रुपैयाँ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले मकवानपुरका ४५ वर्षीय सुकुमान सिंह ब्लोन, ४८ वर्षीय राजेन्द्र तामाङ, ५३ वर्षीय वीरबहादुर तामाङ भनिने विवासित स्याङतान र नवलपरासीको देवचुलीका ४२ वर्षीय जितबहादुर तामाङलाई पक्राउ गरेको हो ।

नक्कली सुनलाई सक्कली भनी ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

पक्राउ परेका चारैजनालाई ठगी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्