एमालेको समानुपातिक सूची : कुन क्लस्टरबाट को–को बने उम्मेदवार ?



काठमाडौं । नेकपा एमालेले सोमबार राति निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको सूची पेश गरेको छ । जसमा जस उपाध्यक्ष रामबहादुर थापासहित केही चिनिएका व्यक्तिहरु परेका छन् ।

बादलको नाम आदिवासी जनजाति पुरूषतर्फ सुरूआती सूचीमा छ । खस आर्यतर्फ गुरू बराल पहिलो नम्बरमा छन्। यसअघि राष्ट्रिय सभा सदस्य उम्मेदवार समेत रहेका उनको बराबरी मत आएपछि गोला तान्दा गोपाल बस्नेतसँग हार्न पुगेका थिए । उनी यसपटक उपाध्यक्षसमेत पराजित भएका थिए ।

त्यस्तै डा पुष्प कँडेल, गोरख बोगटी, नरेश पोखरेल, परशुराम अधिकारी, प्रेम पराजुली खसआर्यतर्फ पुरूष क्लस्टरमा समेटिएका छन् ।

महिलातर्फ पार्टी सचिव पद्मा अर्याल, निरूदेवी पाल, टुका हमाल, कोमल वली समेटिएका छन् । मुस्मिल क्लस्टरमा साजिदा सिद्धिकी, एकवाल मिया, मोहम्मद हारून हलुवाईलगायत समेटिएका छन्।

दलिततर्फ जितु गौतम, मनोहर विश्वकर्मा पौडेल, यमबहादुर परियार, निर्मल देउला, नीता घतानी, मायादेवी पोडेनी लगायतको नाम समावेश गरिएको छ ।

थारू क्लस्टरमा शान्ता चौधरी, मञ्जु चौधरी, इच्छा चौधरी, जञ्जिर चौधरी लगायतको नाम समेटिएको छ ।

आदिवासी जनजातितर्फ महिलामा भूमिका लिम्बू, गंगादेवी श्रेष्ठ, अनिता कन्दङ्गवा, उषाकला राई, तारादेवी गुरूङ, लक्की शेर्पा, मौसम राई, नरदेवी पुन, भक्तकुमारी लामा, मिमा बरामु, यमुना घले, मनकुमारी तितुङ्ग, कान्ता राई, शर्मिला गुरुङ, सुमित्रा राजवंशी, हिरूसरा राना समेटिएका छन् ।

पुरूषतर्फ रामबहादुर थापा बादलका अतिरिक्त कुलभक्त शाक्य, बुद्धभक्त चित्रकार, इन्द्रबहादुर तामाङ, सोनाम छिरिङ लामा लगायत सूचीमा छन्।

मधेसीतर्फ चन्द्रेश्वर मण्डल, अरबिन्द साह, रामचरित्र साह, सुशील श्रीवास्तव, विमला यादव, यशोदा यादव, मञ्जु महतो, रिंगला यादवको नाम समेटिएको छ ।

प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्