आज राप्रपा र राप्रपा नेपालबीच एकता हुँदै



काठमाडौँ, पुस १६ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच आज एकता हुँदैछ । राप्रपा नेपालको अध्यक्षमा कमल थापा छन् ।

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले राप्रपा नेपाल सक्रिय बनाएका छन् । आज थापा राप्रपामै फर्किन लागेका हुन् ।

झण्डै ४ वर्षपछि दुई राष्ट्रवादी शक्ति एकता गरेर अघि बढ्ने तयारीका रुपमा आज एकता घोषणा हुन लागेको हो ।

दुई पार्टीबीच आज दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा ऐतिहासिक एकता घोषणा समारोह गरेर एकीकरण हुने कार्यक्रम छ ।

एकता घोषणापछि राप्रपा नेपालका नेताहरुलाई सम्मानजनक भूमिका दिएर पार्टी अघि बढाउने लिङ्देनको प्रतिवद्धता छ । राप्रपासँग एकता गर्ने सैद्धान्तिक सहमतिपछि राप्रपा नेपालबाट प्रतिनिधि सभामा समानुपातिकको बन्द सूची पनि पठाइएको छैन । यस्तै, राप्रपाले महाधिवेशन पनि ६ महिना पर सारेको छ ।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्