बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको अन्त्येष्टिमा परराष्ट्रमन्त्री शर्मा सहभागी हुँदै



काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा राष्ट्रवादी पार्टीकी अध्यक्ष बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा भाग लिन परराष्ट्रमन्त्री बालानन्द शर्मा बंगलादेश गएका छन् ।

नेपाल सरकार र जनताको तर्फबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्न परराष्ट्रमन्त्री शर्मा मंगलबार त्यसतर्फ गएका हुन् ।

भ्रमणको क्रममा मन्त्री शर्मासँगै परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू पनि रहेका छन् ।

परराष्ट्रमन्त्रीको भ्रमणले दिवंगत नेत्रीको प्रधानमन्त्रीको रूपमा तीन कार्यकालमा नेपाल–बंगलादेश सम्बन्धलाई सुदृढ पार्न गरेको योगदानप्रति नेपालको सम्मान झल्काउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्