वीरेन्द्रनगरको सहिद पार्कमा युवा युवती मृत फेला



सुर्खेत, पुस १६ । सुर्खेतको वीरेन्द्रनगरस्थित सहिद पार्कमा युवायुवती मृत अवस्थामा फेला परेका छन् ।

वीरेन्द्रनगर नगरपालिका–४, को सहिद पार्क नजिकै जङ्गलमा युवा युवती मृत अवस्थामा भेटिएका हुन् । आज बिहान मर्निङ वाकमा गएका स्थानीयहरूले दुई जनाको शव देखेका थिए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता श्याम प्रकाश यादवले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

उनीहरूको शव केही मिटर दुरीको फरकमा देखिएकोले घटना शंकास्पद रहेको छ ।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्