सशस्त्र प्रहरी बलका डीएसपी कोइरालाको निधन



काठमाडौं, पुस १७ । सशस्त्र प्रहरी बल (एपीएफ) का नायब उपरीक्षक (डीएसपी) प्रकाश कोइरालाको हृदयाघातका कारण निधन भएको छ ।

इलामको पशुपतिनगर गुल्मका इन्चार्ज समेत रहेका कोइरालाको उपचारका क्रममा काठमाडौंस्थित एपीएफ अस्पतालमा बुधबार साँझ मृत्यु भएको हो ।

सीमावर्ती नाका मानेभञ्ज्याङ क्षेत्रको गस्ती सकेर गुल्ममा फर्किनासाथ डीएसपी कोइराला एक्कासी अचेत भएर ढलेका थिए । कार्यालय परिसरमै ढलेपछि उनलाई तत्कालै हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको थियो ।

उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पु¥याइए पनि चिकित्सकहरूको प्रयास सफल हुन सकेन ।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्