लौकहीमा सशस्त्र र तस्करबीच भिडन्त हुँदा एकको मृत्यु



सुनसरी, पुस १७ । सुनसरीको लौकहीमा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त भएको छ ।

तस्करी रोक्ने क्रममा भिडन्त हुँदा एक तस्करको मृत्यु भएको छ । सशस्त्रले चलाएको गोली लागेर तस्कर समूहका विजय साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिले तस्करले गोली चलाएको र प्रतिरक्षाका क्रममा सशस्त्रले गोली चलाउँदा साहको मृत्यु भएको पनि सशस्त्रले जानकारी दिएको छ ।

घटनाको सत्यतथ्य जानकारी लिन प्रहरीको उच्च टोली घटनास्थलमा गइरहेको बताइएको छ ।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्