सन् २०२५ : १५ लाख २३ हजार नेपाली बाहिरिंदा १० लाख बढी विदेशी पर्यटक नेपाल भित्रिए



काठमाडौं । आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । सन् २०२५ मा नेपालबाट एक वर्षमै १५ लाख बढी नेपाली विदेशिएका छन् भने १० लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

अध्यागमन विभागका अनुसार सन् २०२५ मा १५ लाख २३ हजार नेपाली विदेशिएका हुन् । विभागका अनुसार यसै अवधिमा १३ लाख १३ हजार १९१ जना नेपाली विभिन्न देशबाट स्वदेश भित्रिएका छन् ।

नेपालीहरू अध्ययन र श्रमका साथ पर्यटन तथा व्यवसायका लागि पनि विदेश जाने गर्छन् । कोरोनाको समयमा विदेशिनेको संख्या कमी आए पनि त्यपछि पुनः बढिरहेको छ ।
यसैबीच एक वर्षमा नेपालमा १० लाख बढी विदेशी पर्यटक भित्रिएको तथ्यांक छ । अध्यागम विभागका अनुसार सन् २०२५ मा १० लाख १५ हजार ३७८ विदेशी पर्यटक नेपाल आएका छन् । यो अवधिमा ९ लाख ८२ हजार ५६१ जना विदेशी नेपालबाट फर्केको तथ्यांक छ ।

विदेशी नागरिकहरु अधिकांश नेपाल घुम्ने प्रयोजनका लागि नेपाल आउने गर्दछन् । नेपालको अध्यागमनले विदेशी नागरिकहरुलाई पर्यटक भिसा, श्रम भिसा, अध्ययन भिसालगायतका विभिन्न १० प्रकारका भिसा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्